Rule 59
बार्षिक प्रतिवेदन पेस गर्नु पर्ने
(१) साझेदारी वन उपभोक्ता समूहले अनुसूची-२२ बमोजिमको ढाँचामा आर्थिक .विवरण र वनको स्थिति समेत खुलाई समूहले वर्षभरी गरेका क्रियाकलापको वार्षिक प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र डिभिजन वन कार्यालय: र स्थानीय तहमा पेस गर्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिम वार्षिक प्रतिवेदन पेस गर्दा साझेदारी वन उपभोक्ता समूहले लेखापरीक्षण प्रतिवेदन समेत पेस गर्नु पर्नेछ।